ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

जुवाको खालमा श्रीमती हारे, जान नमान्दा संवेदनशील अ‌ंगमा एसिड खन्याए

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १३:३६:५८ मा प्रकाशित

भारतको बिहारमा एक जुवाडेले आफ्नी श्रीमती हारेका छन्।  जुवा खेल्ने क्रममा श्रीमतीलाई दाउवा राखेका ती जुवाडेले श्रीमती हारे। बिहारको भागपुर जिल्लका ती जुवाडेले श्रीमती हारेपछि घरबाट जान नमान्दा संवेदनशील अंगहरूमा एसिड खन्याइदिएका छन्। पीडितका पतिले जुवामा श्रीमतीलाई हारे। र, जुन जुवाडेसँग हारेका थिए श्रीमतीलाई उसैसँग जान भनेका थिए।  

श्रीमतीले श्रीमानको कुरालाई इन्कार गरिदिइन्। त्यसपछि आक्रोशित बनेका श्रीमानले उनको शरीरमा एसिड खन्याइदिए। एसिड छ्यापिसकेपछि आफूलाई पतिले घरमा कैद गरेर राखेको पीडित महिलाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछि उनी भागेर माइतीघर हसनगन्ज पुगिन्। र, उनका माइतीले लोदीपुर पुलिस स्टेसनमा घटनाबारे जानकारी गराएका छन्।

बिहे गरेको १० वर्षसम्म पनि ती महिलाले आफू आमा बन्न नसकेको बताएकी छन्। सोही आक्रोशमा पतिले आफूलाई यो सजाए दिएको उनको भनाइ छ। सोही रिसको झोकमा श्रीमानले संवेदनशील अंगमा एसिड छ्यापिदिएको उनले दु:खेसो पोखेकी छन्। उनको अहिले उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top