ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना संक्रमण उच्च भएपछि लकडाउन गर्ने तयारीमा दक्षिण कोरिया

नेपालगाथा २०७७ मंसिर २८ गते आइतबार १५:२४:११ मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। त्यहाँ पछिल्ला दुई दिनमा दैनिक नयाँ रेकर्ड कायम गर्नेगरी संक्रमित थपिएका हुन्। आज मात्रै १ हजार ३० जना संक्रमित थपिएको त्यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले जनाएको छ। ठूलो संख्यामा संक्रमित थपिएसँगै कोरियामा चर्च तथा भिडभाड हुने क्षेत्रहरु बन्द गरिने भएको छ।

त्यस्तै अत्यावश्यक बाहेकका धेरै क्षेत्रमा कडा प्रतिबन्धहरु लगाउने तयारी गरिएको छ। दक्षिण कोरियामा हालसम्म ४२ हजार ७ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ५८० जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारी सुरु भएलगत्तै दक्षिण कोरियामा संक्रमण फैलिए पनि त्यहाँ स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ लागू भएपछि लकडाउन नगरी दक्षिण कोरिया कोरोना परास्त गर्न सफल भएको थियो। 

कन्ट्याक्ट ट्रेसिङको आधारमा ठूलो संख्यामा परीक्षण गरिएको थियो। तर पछिल्लो पटक ठूलो संख्यामा संक्रमित थपिएपछि थुप्रै क्षेत्रमा लकडाउन गर्न सकिने संकेत प्रधानमन्त्री चुङ से क्युनले गर्नुभएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top