ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

फाइजरले विकास गरेको कोरोना खोप प्रयोग गर्न अमेरिकाको अनुमति

नेपालगाथा २०७७ मंसिर २७ गते शनिबार १६:५७:५७ मा प्रकाशित

काठमाडौँ । फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोपमको प्रयोग गर्न अमेरिकाले अनुमति दिएको छ । अमेरिकाको खाद्द तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । सो विभागका २३ सदस्यीय टोलीले छानविन पश्चात अनुमति दिएको सीएनएनले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाई ‘खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो । यो खोप ९५ प्रतिशत सफल मानिएको छ । सोमवार वा मंगलवारदेखि खोपको अत्यावश्यक सेवा दिइने जनाइएको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top