ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६ लाख नाघ्यो

नेपालगाथा २०७७ मंसिर २७ गते शनिबार १२:३०:४८ मा प्रकाशित

विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा विश्वभर कोरोना सङ्क्रमणका कारण थप १२ हजार २ सय १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६ लाख ३ सय ८९ पुगेको छ । यस्तै कोरोना सङ्क्रमणका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड १४ लाख नाघेको छ ।

वलर््ड मिटरको तथ्याङ्क अनुसार विश्वभर पछिल्लो २४ घण्टामा थप ६ लाख ८८ हजार ५ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएको एक वर्ष हुनै लाग्दा हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड १४ लाख १९ हजार ७ सय ४३ पुगेको छ । यस्तै हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ४ करोड ९६ लाख २५ हजार १ सय ५७ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १९ लाख ४ हजार १ सय ९७ रहेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top