होमपेज / अन्तराष्ट्रिय
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यूरोपेली संघ (इयु)सँग कुनैपनि व्यापारिक सम्झौता नहुनसक्ने बताएका छन्। बेलायत इयुबाट बाहिरिइसकेको छ। इयुका सदस्य मुलुकसँग कुराकानी जारी रहने, तर अब आर्थिक कारोबारको सम्भावना न्यून रहेकाले यसबाट निस्कने नतिजाका लागि बेलायती जनता तयार रहनुपर्ने जोन्सनले उल्लेख गरेका छन्।
डिसेम्बर ३१ देखि बेलायतले इयु व्यापार नियमको पालना नगर्ने भएको छ। यसलाई निरन्तरता दिन नयाँ सम्झौता हुने सम्भावना निकै कम रहेको बीबीसीमा उल्लेख छ। अपेक्षित नयाँ व्यापार सम्झौता र सम्बन्धबारे बेल्जियमको ब्रसेल्समा बेलायती प्रधानमन्त्री र युरोपेली संघकी प्रमुख उर्सुला वन बातचितमा जुटेका थिए। तर, बैठकमा कुनै नतिजा निस्किएन। एजेन्सी ।