ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बाइडेनको संकल्प : सत्ता सम्हालेको सय दिनमा १० करोड नागरिकलाई भ्याक्सिन

नेपालगाथा २०७७ मंसिर २४ गते बुधबार १६:३०:४८ मा प्रकाशित

वासिङ्टन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले आफूले पदभार सम्हालेको सय दिनभित्रमा १० करोड नागरिकलाई भ्याक्सिन व्यवस्था गर्ने घोषणा गरेका छन्। उनले सत्ता सम्हालेको पहिलो महिनामै कोरोनालाई निमिट्यान्न पार्न नसके पनि कोरोनाको कोर्स बदल्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘मेरो कार्यकालको पहिले सय दिनभित्रमा १० करोड मानिसले भ्याक्सिन पाउनेछन्’‚ आफ्नो हेल्थ केयर टिम घोषणा गर्ने क्रममा बाइडेनले भने‚ ‘सय दिनभित्रमा आम-अमेरिकीको जीवनमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’ उनले २० जनवरीमा सपथ लिनेछन्। ‘सय दिन मास्क लगाऔं’ अभियान थालेका बाइडेनले महामारीविरुद्धको आफ्नो अभियानमा साथ दिन अमेरिकी नागरिकलाई अपील गरेका छन्।

अमेरिकाले मंगलबारमात्रै फाइजर भ्याक्सिनको आमप्रयोगलाई प्रभावकारी ठहर्‍याएको छ। अमेरिकी सरकारको यो निष्कर्षले भ्याक्सिनको प्रयोगलाई बाटो खोल्ने अनुमान गरिएको छ। बेलायत र मेक्सिकोले फाइजर भ्याक्सिनको प्रयोग सुरू गरिसकेका छन्।हालसम्म डेढ करोड अमेरिकी संक्रमित हुँदा २ लाख ८५ हजार मानिसको ज्यान गइसकेको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top