होमपेज / अन्तराष्ट्रिय
जारी किसान आन्दोलन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि महंगो पर्ने देखिएको छ। जारी आन्दोलनको नेतृत्व गरिरहेकाहरूले सत्तासँग मिलेर बेइमानी नगरे र सत्ता इतरका शक्तिहरू एकजुट भए यसले भारतको वर्तमान सरकारलाई नै तलमाथि पारिदिनसक्ने आंकलन हुन थालेको छ। किसानहरूले भोलि (डिसेम्बर ८) का दिन भारत बन्दको घोषणा गरेका छन्। बन्दलाई १८ राजनीतिक दलहरूले समर्थन गरेका छन्।
भारतीय किसान आन्दोलनकाे एक तस्वीर : जसले विश्व हल्लाइ रहेछ। कांग्रेस अध्यक्ष सोनिया गान्धी, डीएमके प्रमुख एम के स्टालिन, एनसीपी प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, लेफ्ट फ्रन्टका सीताराम यचुरी र डी राजासमेत भारतका ११ जना राजनेताले समेत किसानद्वारा घोषित भारत बन्दलाई समर्थन गरेका छन्।
११ राजनीतिक पार्टीहरूले किसान आन्दोलनका पक्षमा संयुक्त वक्तव्य जारी गरेका बीबीसी हिन्दीमा उल्लेख छ। सो वक्तव्यमा ती दलहरूले मोदी सरकारले गैर लोकतान्त्रिक ढंगले संसदबाट यी कानुन पास गरेको दावी गरिएको छ। एजेन्सी ।