ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकामा फेरि एकै दिन २ लाख ३० हजार संक्रमण पुष्टि

नेपालगाथा २०७७ मंसिर २१ गते आइतबार १६:२२:२५ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ३० हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघिका दुई दिन पनि दिनहुँ दुई लाखभन्दा बढी संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  

पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई हजार पाँच सय २७ जनाको मृत्यु भएको विश्वविद्यालयले जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ कोरोना भाइरस सुरु भएदेखि हालसम्म एक करोड ४६ लाख व्यक्ति संक्रमित भएका छन् भने  संक्रमणबाट दुई लाख ८१ हजार व्यक्तिको मृत्यु भइसकेको छ  । रासस/एएफपी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top