ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दक्षिण भारतीय अभिनेता रजनीकान्तले आफ्नै दल खोल्‍ने

नेपालगाथा २०७७ मंसिर १९ गते शुक्रबार ११:२९:१९ मा प्रकाशित

दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता रजनीकान्तले अब आफ्नै राजनीतिक पार्टी खोल्ने भएका छन्। डिसेम्बर ३१ का दिन उनले पार्टी घोषणा गर्ने भएका हुन्। एक ट्वीट गर्दै रजनीकान्तले आफूले राजनीतिक दल खोल्न लागेको जानकारी दिएका हुन्। रजनीकान्तले सो ट्वीट आफ्नो मातृभाषा तमिलमा गरेका छन् र केही ह्यासट्याग पनि राखेका छन्। 

उनले ट्वीटरमा लेखेका छन्, 'अहिले हुँदैन भने कहिल्यै पनि हुँदैन। हामी बदलिनेछौं र सबै कुरा बदल्नेछौं।' राजनीतिक दल खोल्ने यो घोषणा गर्नुअघि रजनीकान्तले आफ्नो संगठन रजनी मक्कल मन्दरमका जिल्ला सचिवहरुसँग नोभेम्बर ३० मा परामर्श गरेका थिए। बैठकमा रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा आफूले चाँडै गर्ने प्रतिवद्धता जनाएका बीबीसी हिन्दीमा उल्लेख छ।

सन् २०१७ देखि नै रजनीकान्तले आफ्नै राजनीतिक दल खोल्ने कुरा गरिरहेका थिए। चर्चित नायकले राजनीतिक दल खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरु निकै खुशी भएका छन्। उनीहरुले अतीशवाजी गर्दै खुशी मनाएका छन्। दक्षिण भारतमा रजनीकान्त यति चर्चित र प्रिय छन् कि त्यहाँका मानिसहरुले उनको मन्दिर नै बनाएका छन्। उनका नयाँ चलचित्र हलमा लाग्दा फिल्मका पोस्टर रहेका उनका तस्वीरलाई दुधले नुहाइदिनेसम्म गर्छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top