होमपेज / अन्तराष्ट्रिय
प्राय । शरीर भरी नै ट्याटु। शरीरका पाखुरा पनि खाइलाग्दा। झट्ट् हेर्दा पुरुष भए पनि उनी प्राकृतिक रुपले महिला हुन्। दुई सन्तानकी आमा पनि हुन् उनी। समाजले महिलाबारे सोच्ने दृष्टिकोण र व्यवहारको ठीक उल्टो छिन् ४४ वर्षीया अमेरिकी बडिबिल्डर रेने क्याम्पबेल। क्याम्पबेल प्रकृतिले नै महिला र पुरुष भनेर पहिचान कायम गरिदिए पनि काम र व्यवहार भने त्यस्तो कुनै फरक नहुने बताउँछिन्।
उनी भन्छिन्, ‘म यो पुरुष प्रधान समाजमा क्यापेबल महिलाहरू कस्तो देखिनुपर्दछ भन्ने दृष्टिकोण बदल्न चाहन्छु। महिलाहरु पनि चाहेमा पुरुषले गर्ने हरेक काम वा त्यो भन्दा पनि कठिन काम गरेर देखाउन सक्छिन्। यसको लागि पहिला म स्वयम् नै यसको प्रतिकार स्वरुप बडिविल्डर बन्न पुगेँ।’ पेशाले बडिबिल्डर क्याम्पबेलको समर्पणले नै उनलाई धेरै अवार्ड समेत दिलाएको छ।
उसको सपना भनेकै सुगठित शरीर निर्माण गर्ने हो। त्यसैले होला उनलाई बेलायतमा भएको ८५ पाउण्ड बढी तौलको सुगठितहरुको प्रतियोगिता सन् २००८ देखि सन् २०१४ सम्म शारीरिक र मानसिक रुपमा अब्बल साबित गरियो। सुरुमा उनी आफ्नो शरीरलाई लिएर निक्कै आत्तिएकी थिइन्। तर जब उनले बेलायतमा पुरस्कारका साथै प्रोत्साहन पाइन्, उनले आफूमा जागरुकता र सकरात्मक रुपान्तरण भएको महशुस गर्न थालिन्।
उनी त्यतिबेलाको क्षण सम्झिँदै भन्छिन्, ‘म आफ्नो शारीरिक बनावट देखेर आफैलाई असुरक्षित ठान्थेँ/सम्झिन्थे।’ उनी आफू मिडियामार्फत महिलालाई हेर्ने दृष्णिकोणबाट केही दबाबमा भने रहेको बताउँछिन्। उनी भन्छिन्, ‘महिलाको बनोटलाइ लिएर मिडियामार्फत भने केही दबाबमा छु। तर महिलाले यो काम गर्न सक्दैनन् भन्नेहरुलाई चुनौतीको रुपमा उभिएकी छु।’
महिला र सुगठित मसल
क्याम्पबेल सुरुमा आफ्नो तौललाई कम राख्न केही समय विकार खानेकुराहरुसँग संघर्ष गरिरहनु पर्यो। किनकी पत्रिकाहरु महिलाको शरीर स्किनी र चम्किलो भएमा मात्र कभर पेजमा छाप्ने गर्थे। तर, पछि उनी महिला बडिबिल्डिङ प्रतियोगितामा भाग लिनु पर्ने भएपछि आफैले आफैलाई सम्हाल्नु पर्छ भन्ने चेतको विकास गरिन्। अहिले उनी आफ्नो सुगठित शरीरलाई निक्कै ख्याल राख्छिन्।

उनीलाई पटक पटक महिलाहरुको चर्पीमा जान रोक लगाइयो। उनीमाथि महिला शौचालयमा गएको भनी दुर्व्यवहार पनि भयो। तर धेरै समय यस्तो पुरुषवादी सोचले घरिरहँदा उनी भने त्यस नकारात्मक सोचविरुद्ध जाइलागिन्। उनी भन्छिन्, ‘म माथि पटक पटक चर्पीमा विवाद भइरहँदा म आफै जाइलागे र अहिले पनि त्यसविरुद्ध आजाव उठाइरहन्छु। पुरुषवादी मानिसहरुको सोच अझै पनि परिवर्तन भइसकेको छैन।
उनीहरु मलाई किन यस्तो शरीर बिगारेको भनिरहन्छन्। तर म आफूलाई आत्मविश्वास र मानसिक रुपमा बलियो राख्न झन्-झन शरीर बढाउँदै र सुगठित गर्दै लैजाँदैछु।’ उनी आफ्नो महिला पहिचान कायम राख्दै समाज र गलत सोच भएका मानिसहरुसँग लड्न आफ्नो कामलाई निरन्तरता दिने बताउँछिन्। उनी भन्छिन्, ‘मानिसहरुले अझै मलाई महिलाको शौचालयमा किन गएको भन्छन् र आदेश दिन्छन्। तर मैले उनीहरुलाई सम्झाउन सकेँ। अन्तिममा मेरो महिला अधिकार प्रयोग गर्न सफल भएँ। सीएनएनबाट ।