ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

रोशनी मलहोत्रा भारतकी सबैभन्दा धनी महिला

नेपालगाथा २०७७ मंसिर १८ गते बिहीबार १७:१०:४७ मा प्रकाशित

एचसीएल टेक्नोलोजीकी अध्यक्ष ३८ वर्षीया रोशनी नाडर मल्होत्रा भारतकी सबैभन्दा धनी महिला बनेकी छिन । कोटक वेल्थको सहयोगमा हुरुन इण्डियाले १०० धनी भारतीय महिलाहरूको सूची तयार गरेको छ । उक्त रिपोर्टमा महिलाको जम्मा सम्पत्ति २.७२ लाख करोड रूपैयाँ भारु रहेको प्रतिवेदनले जनाएको छ । 

रोशनी नाडर मल्होत्राको जम्मा सम्पत्ति ५४.८ हजार करोड रुपैयाँ भारु रहेको छ । उनलाई हालै एचसीएल टेक्नोलोजीको अध्यक्ष समेत  बनाइएको छ । यसैगरी यस सूचीमा दोस्रो स्थानमा रहेका किरण मजुमदार शको कुल सम्पत्ति ३६.६ हजार करोड रुपैयाँ छ ।

तेस्रो नम्बरमा लीना गान्धी तिवारी २१.३४ करोड रुपैयाँ भारु यूएसभी मुम्बई, चौथो नम्बरमा नीलिमा मोटापार्टी १८.६२ करोड रुपैयाँ भारु डिभाइस प्रयोगशाला हैदराबाद, पाँचौ नम्बरमा राधा वेम्बु ११.५९ करोड रुपैयाँ भारु, जयश्री उल्लाल १०.२२ करोड रुपैयाँ भारु सम्पत्ति रहेको छ  । त्यस्तै, रानु मुञ्जाल ८.६९ करोड रुपैयाँ भारु, मालिका चिरायू अमिन ७.५७ करोड रुपैयाँ भारु, अनु आगा एण्ड मेहर पुदुमजी ५.८५ करोड रुपैयाँ भारु, फाल्गुनी नायर एण्ड फेमिली ५४.१० करोड रुपैयाँ भारु रहेको छ । एजेन्सी ।    

प्रतिक्रिया

सम्बन्धित खवर

Top