ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतका मन्त्री भन्छन् : चीन र पाकिस्तानले किसान आन्दोलन मच्चाए

नेपालगाथा २०७७ मंसिर १८ गते बिहीबार ११:३२:२५ मा प्रकाशित

भारतको हरियाणा राज्यका कृषिमन्त्री जयप्रकाश दलालले जारी किसान आन्दोलनमा चीन र पाकिस्तानको हात रहेको अभिव्यक्ति दिएका छन्। भारतलाई अस्थिर बनाउन यी दुई छिमेकी देशहरूले किसानलाई उपयोग गरिरहेको उनले बताएका हुन्। समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै उनले जारी आन्दोलन किसानको नभएको, किसानको नाम प्रयोग गरी चीन र पाकिस्तानलगायत विदेशी शक्तिहरूले भारतमा अस्थिरता कायम गर्न खोजिरहेका छन्। ​

भारतीय किसान आन्दोलनकाे एक तस्वीर : जसले विश्‍व हल्लाइरहेछ । भारत विकासतर्फ अग्रसर भएको र यो केही विदेशी शक्तिलाई मन नपरेका कारण र कसैलाई मोदीको अनुहार मन नपरेका कारण किसानलाई मोहोरा बनाएको उनले बताएका हुन्। 

 

१०–२० हजार मानिस सडकमा आउँदैमा देशको निर्धारण गरेको नीति परिवर्तन नहुने उनले जिकीर गरेका छन्। यदी आफैंले चुनेको प्रतिनिधिको फैसला मन नपे जनताले उनीहरूलाई हटाउने हक भएको, तर सडकको राजनीति ठीक नभएको पनि मन्त्री दलालले बताएका छन्। कृषि क्षेत्रमा निजीकरणसम्बन्धी कानूनको विरोधमा यतिखेर भारतका किसान आन्दोलनरत छन्। उनीहरूले यो कानून फिर्ता नलिएसम्म प्रदर्शन जारी रहने बताएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top