ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण मृत्यु

नेपालगाथा २०७७ मंसिर १८ गते बिहीबार १०:२८:३७ मा प्रकाशित

फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी गिसकार्ड डिएस्टेङ्गको कोरोना भाइरसका कारण मृत्यु भएको छ। ९४ वर्षीय डिएस्टेङ्गलाई केही दिन अघि श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि अस्पताल भर्ना भएका थिए। उनी स्वस्थ भएर घर फर्किएका थिए। तर बुधबार अचानक फेरि समस्या भएपछि उनको घरमै निधन भएको पारिवारले जनाएको छ।

उनी सन् १९७४ देखि १९८१सम्‍म राष्ट्रपति बनेका थिए। उनलाई खासगरी युरोपियन देशहरुलाई एकजुट बनाउन महत्वपूर्ण योगदान गर्ने पुरुषको रुपमा चिनिन्छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top