होमपेज / अन्तराष्ट्रिय
भारतमा कृषि विधेयकको विरोधमा उत्रिएका किसानलाई सरकारले वार्ताका लागि बोलाएको छ। केन्द्रीय कृषिमन्त्री नरेन्द्र सिंह तोमरले किसान युनियनलाई वार्ताका लागि मंगलबार दिउँसो ३ बजे बोलाएका हुन्। कृषि मन्त्रालयका सचिव संजय अग्रवालले एक विज्ञप्ति जारी गरी किसान युनियनका नेतालाई मन्त्री सम्मिलित समितिले वार्ताका लागि बोलाएको बताएका छन्। मन्त्रालयले दिल्लीस्थित विज्ञान भवनमा ३२ वटा युनियनलाई वार्ताका लागि बोलाएको जनाएको छ।
किसानहरुलाई भड्काएको भन्दै विपक्षीविरुद्ध खनिए मोदी पहिले चरणको वार्तामा सहभागी भएका सबै युनियन र तिनका नेताहरुलाई वार्तामा बोलाइएको कृषिमन्त्री तोमरले बताएका छन्। सरकारले वार्ताको लागि बोलाएपछि किसान युनियनका नेताहरु अहिले बैठक बस्दै छन्। सोमबार किसानहरूले दिल्ली ‘निर्णायक लडाइ’ लड्न पुगेको बताएका थिए।
उनीहरुले माग पूरा नहुदैञ्जेल आन्दोलन जारी राख्ने समेत बताएका थिए।आन्दोलनकारीले दिल्ली प्रवेश गर्ने मुख्य द्वार बन्द गर्ने चेतावनी दिएका छन्। गुरु पूर्णिमा मनाउन रोकिएका अमृत सर क्षेत्रका मानिसहरु मंगलबार दिल्लीसम्म आइपुग्न सक्ने किसानका नेताहरुले बताएका छन्। एजेन्सी ।
