ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बोको हरामद्वारा नाइजेरियामा ११० मजदुरको हत्या

नेपालगाथा २०७७ मंसिर १५ गते सोमबार ०९:३६:२७ मा प्रकाशित

काठमाडौं । नाइजेरियामा बोको हराम समूहका लडाकुले १ सय १० मजदूरको हत्या गरेका छन् ।​ नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। मृत्यु हुनेमा महिला तथा पुरुष दुबै रहेका छन्।

मोटरसाइकलमा आए आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि आक्रमण गरेका थिए। घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए। त्यस्तै ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top