ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बोको हरामद्वारा ४३ जना किसानको घाँटी काटेर हत्या

नेपालगाथा २०७७ मंसिर १४ गते आइतबार १८:१४:०१ मा प्रकाशित

नाइजेरियामा बोको हराम समूहका लडाकूहरुले खेतमा काम गर्ने ४३ मजदूरको घाँटी रेटेर हत्या गरेका छन्। नाइजेरियाको कोशोबेमा खेतमा काम गरिरहेका मजदूरहरुलाई बाँधेपछि घाँटी काटेर हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति मोहम्मद बुहारीले घटनाको निन्दा गरेका छन्। घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले ४३ जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए। ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top