ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

जर्मनीमा डिसेम्बर २० सम्म लकडाउन जारी रहने

नेपालगाथा २०७७ मंसिर ११ गते बिहीबार २१:०८:५६ मा प्रकाशित

कोरोना संक्रमण नघटेपछि  जर्मनीले डिसेम्बर २० सम्म आंशिक लकडाउन जारी राख्ने निर्णय गरेको छ। कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै जनवरीसम्म लकडाउन विस्तार  हुन सक्ने जर्मन चान्सलर एन्जेला मर्केलले जनाएकी छन्। मर्केलले संघीय राज्यमन्त्री-राष्ट्रपतिसँगको बैठकपछि भर्चुअल प्रेस सम्मेलनमा यसबारे जानकारी दिइन्।

उनले भनिन्, 'कोरोनाका नयाँ केसहरू घटेन भने हामी जनवरीको सुरुसम्म लकडाउन विस्तार गर्न सक्नेछौं।' जर्मनीमा करिब १० लाख कोरोना संक्रमित पुगेका छन्।  जर्मनीमा कोरोनाबाट ज्यान गुमाउने संख्या बढ्दै गएको छ। बुधबार मात्रै ४ सय १० जनाको मृत्यु भएको छ। त्यहाँ १४ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ। बुधबार मात्रै १८ हजार ६ सय ३३ जना नयाँ संक्रमित थपिएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top