होमपेज / अन्तराष्ट्रिय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनलाई सम्पूर्ण क्षमा प्रदान गरेका छन् । सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा भएको अनुसन्धानको क्रममा फ्लीन तानिएका थिए । उनी त्यसक्रममा रुसी राजदूतसँगको भेटबारे संघीय अनुसन्धान ब्यूरो (एफबिआई) लाई झुट बोलेको अर्थात ढाँटेकोमा दोषी ठहर भएका थिए ।
ट्रम्पबाट आएको अपेक्षाकृत कृपालाई उनले आफ्नो लागि ठूलो सम्मानको कुरा रहेको बताएका छन् । न्याया विभागले चार वर्ष पहिलेको चुनावमा रुसी दखलबारे गरेको अनुसन्धानमा दोषी ठहरिने ट्रम्पका पूर्व सहयोगी मध्ये माइकल फ्लीन एक हुन् । सो चुनावमा रुसले ट्रम्पको पक्षमा नतिजा आउने गरि दखलको प्रयास गरेको अभियोग छ ।
सन् २०१७ मा फ्लीनले अनुसन्धानको क्रममा एफबिआईलाई रुसी दूतसँगको भेटबारे ढाँटेको स्वीकार गरेका थिए । त्यसपछि आफ्नो बयान फिर्ता लिन प्रयास पनि गरेका थिए । ट्रम्पले प्रदान गरेको क्षमतासँगै फ्लीन सम्पूर्ण कानूनी झमेलाबाट बाहिरएका छन् । उनले ट्वीट गरेर क्षमा दिएको उल्लेख गरेका हुन् । ह्वाइट हाउसले बुधबार ट्रम्पबाट प्रदान भएको क्षमाले ‘निर्दोष व्यक्तिमाथि पक्षपातीरुपमा भएको अनुसन्धानको शृङ्खला अन्त्य’ गरेको बताएको छ ।
‘२०१६ को चुनावको नतिजा उल्ट्याउनका लागि संगठित प्रयासको शिकार फ्लीन’ बनेको ह्वाइट हाउसले दाबी गरेको छ । अमेरिकी आर्मीका अवकास प्राप्त थ्री स्टार लेफ्टिनेन्ट जनरल फ्लीन सन् २०१६ मा ट्म्पको समर्थन आए । त्यसअघि उनी जीवनभर डेमोक्र्याट थिए । ट्रम्प निर्वाचित भए लगत्तै फ्लीनलाई सुरक्षा सल्लाहारमा नियुक्त गरेका थिए । तर उनी मात्रै २३ दिन सो पदमा रहेका थिए । ट्रम्पले उनलाई तीन हप्तामै बर्खास्त गरेका थिए ।