ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भाजपा भारतका लागि भयानक अभिशाप हो : ममता बनर्जी

नेपालगाथा २०७७ मंसिर १० गते बुधबार २१:२५:१० मा प्रकाशित

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई हिम्मत भए गिरफ्तार गरेर देखाउन चुनौती दिएकी छिन्। तृणमूल कांग्रेसकी अध्यक्षसमेत रहेकी बनर्जीले आफूलाई जेलमै हालिएपनि आगामी चुनावमा पार्टीको जीत सुनिश्चित रहेको समेत दावी गरेकी छिन्। 

भाजपाले तृणमूलका विधायकहरुलाई पैसा दिएर पार्टी बदल्न दबाब दिइरहेको आरोप लगाउँदै ममताले भनेकी छिन्, 'भाजपा झुठको डंगुर हो र देशका लागि सबैभन्दा भयानक अभिशाप पनि हो।' पश्चिम बंगालमा आउँदो वर्ष विधानसभा चुनाव हुँदैछ। तर, अहिलेदेखि नै त्यहाँ भाजपा  र तृणमूल कांग्रेसबीच वाक युद्ध चर्किएको छ। 

केही दिन पहिले भाजपाका नेता तथा भारतका गृहमन्त्री अमित शाहले पनि पश्चिम बंगालको बांकडा जिल्लामा एक जनसभा आयोजना गरेका थिए। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top