ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

रुसले बनाएको 'स्पुतनिक भी' खोपको मूल्य सार्वजनिक

जनवरीमा ५० करोडभन्दा बढीका लागि खोप आउने

नेपालगाथा २०७७ मंसिर १० गते बुधबार ०९:०६:२३ मा प्रकाशित

काठमाडाैं । रुसले बनाएको ‘स्पुतनिक भी’ नामक कोरोना भ्याक्सिनले फेरि नयाँ आशा जगाएको छ। यसको परीक्षण क्रममा यो ९५ प्रतिशत असरदार भएको पाइएको थियो।

क्लिनिकल ट्रायलको दोस्रो सुरुवाती विश्लेषणबाट यसको पुष्टि भएको थियो। पहिलो डोज दिएको २१ दिनपछि भ्याक्सिन ९१ दशमलव ४ प्रतिशत असरदार भएको बताइएको छ। पहिलो डोजको ४२ दिनपछि भने यसले ९५ प्रतिशत काम गरेको अनुसन्धानमा लागिपरेकाहरुले जनाएका भारतीय पत्रिका भाष्करले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ। 

भ्याक्सिन आविष्कार गर्ने ग्यामलिया नेसनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजी यसको दाबी गरेको हो। यो खोपको डोज सुरुवाती ३९ को अलावा १८ हजार ७ सय ९४ जना अन्य संक्रमितलाई पनि दिइएको थियो।  साथै आज मंगलबार यसको मूल्य पनि सार्वजनिक गरिएको छ। रुसी जनतालाई यो खोप नि:शुल्क मिल्ने त्यहाँको सरकारले बताएको छ भने बाँकी देशका लागि करिब ११ सय नेपाली रुपैयाँ पर्ने बताइएको छ। 

रुसबाहिर प्रोडक्सन र प्रमोसनको कामको जिम्मा लिएको रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड(आरडिआइएफ) का प्रमुख किरिल दिमित्रिएवले बताएअनुसार यो खोपको मूल्य अन्य कोरोनाविरुद्ध निस्किएको खोपको तुलनामा निकै कम हो। 

आरडिआइएफका अनुसार यो खोपको डोज संक्रमण अवधिभर दुई पटक लिनुपर्नेछ। अन्य कम्पनी र देशले उत्पादन गरेको खोपको तुलनामा यो तीन गुणा सस्तो भएको पनि उनले बताए। 

उक्त रुसी फन्डले सन् २०२१ मा विश्वभरका ५० करोडभन्दा बढी मानिसका यो खोप तयार पार्ने जनाएको छ। 

यद्यपि यो खोपको पहिलो डेलिभरी सन् २०२१ को पहिलो महिनामा हुनेछ। साथै जुन देशले फन्ड तथा कम्पनीसँग पहिला माग गरेको छ सोही देशले पाउने पनि समाचारमा उल्लेख छ।

भ्याक्सिनको तेस्रो फेजको परीक्षणमा ४० हजार संक्रमित सहभागी हुने बताइएको छ। जसमा २२ हजार संक्रमितलाई पहिलो डोज दिइने कम्पनीले जनाएको छ। त्यसमा पनि १९ हजारलाई पहिलो र दोस्रो डोज दिइने आरडिआइएफले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top