ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

काश्मीरमा भेटियो चरमपन्थी प्रवेश गर्ने १५० मिटर लामो सुरुङ

नेपालगाथा २०७७ मंसिर ८ गते सोमबार १२:२८:०२ मा प्रकाशित

काठमाडौं । काश्मीरको साम्बा जिल्लाको भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा एक सय ५० मिटर लामो सुरुङ भेटिएको छ। भारतीय बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ)का जवानले गस्तीको समयमा पिलर नम्बर १७९ नजिक उक्त सुरुङ फेला पारेका हुन्। सुरुङको मुखमा बोराहरु भरेर राखिएको थियो। बोरामा कराँचीको सील लगाएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

 उक्त सुरुङ पाकिस्तानी पक्षले भारतमा आतंककारी हमला गर्ने उद्देश्यले खनेको हुन सक्ने भारतीय सुरक्षा अधिकारीले जनाएका छ। पछिल्लो समय नगरोटामा भएको इन्काउण्टरमा सहभागी भएका आतंककारीले यही सुरुङको प्रयोग गरी भारत छिरेको हुन सक्ने आँकलन सुरक्षा निकायले गरेको छ। सुरुङ पुरानो नभई हालसालै खनिएको भारतीय पक्षको दाबी छ। बिएसएफका अनुसार उक्त सुरुङ १५० मिटर लामो र तीन फिट चौडाईको रहेको छ।

जम्मु प्रहरीमा महानिर्देशक दिलबाग सिंहले आंतकवादी भारतमा घुस्ने बाटो बारे अनुसन्धान गरिरहेका बताएका छन्। 'हामीले अनुसन्धानका सम्पुर्ण तयारी पूरा गरेका थियौं। प्राविधिक टोली तयार पारेका थियौं। हामीले पाएका सबै सूचनालाई मिहिन ढङ्गले अध्ययन गरेका थियौं', उनले भने।

प्रहरीले बिएसएफको साथ मिलेर चरमपन्थीलाई इन्काउण्टर गरेका थिए। इन्काउण्टरको ७६ घण्टापछि उक्त सुरुङ पत्ता लागेको हो। एजेन्सी ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top