होमपेज / अन्तराष्ट्रिय
संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड–१९ का कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो । अहिले त्यहाँ फेरि एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ ।