होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ अमेरिकी सरकारले आफनो अन्तराष्ट्रिय विकास नियोग युएसएआईडी मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज एक समारोहबिच स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरीकी राजदुत र्यान्डी बेरीले १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका थिए । उक्त्त समारोहमा स्वास्थ्यमन्त्री ढकालले नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
समारोको बिचमा नेपालमा महामारीको समयमा भईरहेको भेन्टिलेटर १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक उपलब्ध गराएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका छन भने संयुक्त राज्य अमेरीकाले नेपाललाई सहयोग गदैै आएको स्मरण गर्दै विश्वव्यापी रुपमा फैलिएको महामारीको समयमा आएको सहयोग आज शुक्रबारबाट वितरण गरेर प्रयोगमा ल्याउने प्रतिबदता दिएका छन् । मन्त्री ढकालले सात वटा प्रदेशका सामाजिक विकास मनलयका लागि सात सात वटा र बाँकी रहेको भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गर्ने बताएका छन् । ‘ समारोहको बिचमा राजदुतबेरीले अमेरीका नेपालको असल खराब दुवै समयमा साथमा रहेको बताए । समारोबिचमा दुवै समयमा अमेरिका नेपालसँग साझेदारी रहेको बताएका छन् । संयुक्त राज्य अमेरिका नेपाल सरकारसँग समग्र अमेरिका विवधि अपलब्ध गराउन प्रतिबद रहेको बताए जानकारी व्यक्त गरेका छन् ।