ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बलिउडका चर्चित अभिनेता आसिफ बसराले गरे आत्महत्या

नेपालगाथा २०७७ कार्तिक २७ गते बिहीबार २०:४०:०८ मा प्रकाशित

मुम्बई । बलिउडका चर्चित चर्चित अभिनेता आसिफ बसराले बिहीबार आत्महत्या गरेका छन्। हिमाचल प्रदेशको धर्मशालामा उनले आत्महत्या गरेका हुन्। उनी धर्मशालामा भाडाको घरमा बस्दै आएका थिए। पुलिसका अनुसार उनले झुण्डिएर आत्महत्या गरेका हुन्। फोरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने प्रहरीले घटनाको जाँच गरिरहेको छ। आसिफ बसराले बिहान ११ बजेर ३० मिनेट आसपासमा आत्महत्या गरेको खुलेको छ। पुलिसलाई घटनाको जानकारी साढे १२ बजे मिलेको थियो।

अभिनेता आसिफ बसरा अमेरिकी कमेडी फिल्म आउटसोर्स्डमा खेलेपछि चर्चाको शिखरमा पुगेका थिए। यसका अलावा उनले कयौँ हिन्दी फिल्ममा पनि काम गरेका थिए। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। हिमाचल प्रदेशको काँगडाका एसएसपी विमुक्त रञ्‍जनले अभिनेता आसिफ बसरा धर्मशालास्थित एक निजी घर परिसरमा मृत भेटिएको पुष्टि गरेका छन्। एजेन्सी  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top