ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बहराइनका प्रधानमन्त्री खालिफाको निधन

नेपालगाथा २०७७ कार्तिक २६ गते बुधबार १५:३२:१५ मा प्रकाशित

बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ। अमेरिकामा उपचाररत प्रधानमन्त्री खालिफाको बुधबार विहान निधन भएको बहराइनको राजदरबारले ट्वीटरमार्फत जानकारी दिएको हो।
खालिफा सन् १९८० मा बहराइनका प्रधानमन्त्री बनेका थिए।

संसारभर यति लामो समयसम्म प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति हुन्।खालिफाको निधनमा बहराइनका राजाले एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। उनको शरीरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। साथै बहराइनका सरकारी कार्यालयमा भोलिदेखि तीन दिनसम्म बिदा दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top