ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

पेरिस मास्टर्स टेनिसको उपाधि मेदभेदेभले जिते

नेपालगाथा २०७७ कार्तिक २४ गते सोमबार १५:१४:२८ मा प्रकाशित

काठमाडौं । विश्व नम्बर ५ ड्यानिएल मेदभेदेभले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन्। यससँगै पेरिस मास्टर्सको उपाधि जित्ने मेदभेदेभ चौथो खेलाडी बनेका छन्। फ्रान्सको राजधानी पेरिसमा गएराति सम्पन्न टेनिस प्रतियोगिता पेरिस मास्टर्सको फाईनलमा मेदभेदेभले एलेक्जेण्डर भेरेभलाई पाखा लगाएका हुन्। 

उनले फाईनल जित्न एक सेट पछि परेको अवस्थालाई उल्टाएर रोमाञ्चक जीत निकालेका थिए। पहिलो सेट भेरेभले ५–७ ले आफ्नो पक्षमा पारेका थिए। तर त्यसपछिको दुबै सेट ६–४ र ६–१ ले आफ्नो पक्षमा पार्दै मेदभेदेभले पहिलो पटक पेरिस मास्टर्सको उपाधि हात पारे। पछिल्लो महिना भेरेभले दुईवटा उपाधि हात पारेका थिए। यसपटक पेरिस मास्टर्सको फाईनलमा पुग्न उनले राफेल नडाललाई पराजित गरेका थिए। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top