होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले तोड्ने होइन, एकअर्कालाई जोड्ने काम गर्ने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा बाइडेनले भने – ‘मप्रति भरोसा देखाएकोमा म धेरै खुसी छु। म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्ने छ। जसले रातो र निलो रंगका राज्यहरु होइन, संयुक्त राज्य अमेरिका देख्नेछ। म तपाईंहरू सबैको विश्वास जित्नको लागि हृदयबाटै प्रयास गर्नेछ।’
बाइडेनले विशेष गरी अफ्रिकी अमेरिकी मतदाताहरूलाई धन्यवाद दिए। जसले मद्दतले सुरुवाती प्रतिस्पर्धामा पछाडि रहेका उनलाई सहयोग मिल्यो। बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु रहेको बताए। उनले सोमबार एउटा समूह घोषणा गर्ने, जसमा शीर्ष वैज्ञानिकहरू र विज्ञहरूले आफूहरुको महामारी नियन्त्रण योजनामा काम गर्ने बताए। यो योजना जनवरी २१, २०२० देखि लागू हुनेछ।
यो विजय अमेरिकी जनाताको भएको र आफूले अहिलेसम्म कसैले प्राप्त नगरेको झण्डै साढे ७ करोड भोट प्राप्त गरेको बाइडेनले बताए। एजेन्सी ।