ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

 अमेरिकी निर्वाचनको अन्तिम नतिजा कहिले आउँछ ?

नेपालगाथा २०७७ कार्तिक २१ गते शुक्रबार १५:४३:०२ मा प्रकाशित

वाशिङ्टन । नोभेम्बर ३ मा भएको अमेरिकी निर्वाचनको अन्तिम मतगणना कहिले आउँछ भनेर विश्‍वको ध्यान केन्द्रित भएको छ । ४४ राज्यमा मतगणना सकिएको भए पनि मुख्य ६ वटा राज्यहरुको मतगणना जारी रहेको  छ । हालसम्म डेमोक्रेटिक उमेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत र सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । कुल ५३८ इलेक्टोरल कलेज मत भएको अमेरिकामा २७० इलेक्टोरल कलेज मत प्राप्त गरे विजयी हुने प्रावधान रहेको छ । 

मतगणना जारी रहेको जर्जियामा दुबै उमेदवारको कडा प्रतिष्पर्धा भइरहेको छ । यसअघि बाइडेनको अग्रता रहेको जर्जियामा अहिले डोनाल्ड ट्रम्प ६०० मतले अघि रहेका छन् । मतगणना स्थलमा रहेका निर्वाचन अधिकारीका अनुसार शुक्रबार नै जर्जियाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरेका छन् । त्यसैगरी नेवाडामा बाइडेन ११ हजार मतले अघि रहेको छन् । नेवाडामा ८९ प्रतिशत मतगणना सम्पन्‍न भइसकेको छ । पेन्सलभानियामा ट्रम्पले २० हजार मतले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै सयौं हजार मतहरु गणना गर्न बाँकी रहेको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको छ । 

एरिजोनामा फेरि ट्रम्पले अग्रता लिएका छन् । यसअघि बाइडेनको अग्रता भएको एरिजोनामा अहिले ट्रम्पले सात हजारले मतले अग्रता लिएका छन् । अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी छ । दुबै राज्यमा ट्रम्पको अग्रता रहेको छ । तर, ट्रम्प पुन:निर्वाचित हुने सम्भावना खुम्चिँदै गएको छ भने बाइडेन जित नजिक पुगेका छन् । ट्रम्प हार नजिक पुगेपछि उनले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्‍नसमेत आग्रह गरेका थिए । बीबीसी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top