ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

आत्महत्या दुरुत्साहनको आरोप लागेपछि गोस्वामी प्रहरी खोरमा

नेपालगाथा २०७७ कार्तिक १९ गते बुधबार २०:५७:३० मा प्रकाशित

भारतीय टेलिभिजन पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन्। आत्महत्या दुरुत्साहनको पुरानो मुद्दालाई लिएर  रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। उनी पक्राउ परेपछि  केन्द्रीय सूचना एवं प्रसारण मन्त्री प्रकाश जावेडकरले गोस्वामीलाई हिरासतमा राख्नु भनेको प्रेस स्वतन्त्रमाथीको हमला भएको बताएका छन्।

महाराष्ट्र सीआईडीले २०१८ मा इन्टीरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको  आत्महत्याको अनुसन्धानका लागि गिरफ्तार गरेको हो। गिरफ्तारका क्रममा प्रहरीले कुटपिट गरेको  भिडियो रिपब्लिक टीभिले प्रसारण गरेको थियो। फुटेजमा प्रहरी र गोस्वामीबिच झडप भएको देखाइएको छ।

गोस्वामीले आफूलगायत आफ्नी पत्नी, सासु र ससुरामाथि प्रहरीले हमला गरेको आरोप लगाएका छन्।

गोस्वामी प्रकाउ पर्नुको कारण

यो घटना २०१८ को हो। ५३  वर्षीय इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद नायकले अलिबागमा आत्महत्या गरेका थिए। उक्त स्थलमा प्रहरीले एउटा सुसाइड नोट भेट्टाएको थियो। जसमा गोस्वामी र  अन्य २ जनाको नाम पनि समावेश गरिएको थियो। उनीहरूले नायकलाई ५.४० करोड रुपैया फिर्ता नगरेको लेखिएको थियो।  यसै कारण आर्थिक मन्दीका कारण उनीहरुले आत्महत्याको बाटो रोजेका थिए।

प्रेस स्वतन्त्रा माथि हमला: प्रकाश जावडेकर

केन्द्रीय सूचना एवं प्रसान्ण मन्त्री प्रकाश जावडेकरले गोस्वामीलाई हिरासतमा लिएको प्रति आक्रोश व्यक्त गरेका छन्। उनले प्रेसमाथिको हमलाको रुपमा यसलाई लिएको जनाएका छन्। केन्द्रीय मन्त्रीले  ट्वीट गर्दै भनेका छन्, 'हामी महाराष्ट्रमा भएको  प्रेस स्वतन्त्रता माथी भएको हमलाको निन्दा गर्दछौं।  प्रेसमाथि गरिएको यो हमला सम्मानजनक भएन। यो स्थितिले ति आपतकालिन दिनको याद दिलाएको छ। जुनबेला प्रेसमाथि यस्तै हमला हुने गर्थ्यो।' एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top