ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बाइडेन भन्छन्, ‘म आशावादी छु’

नेपालगाथा २०७७ कार्तिक १९ गते बुधबार ११:५९:२० मा प्रकाशित

अमेरिकामा राष्ट्रपति चुनावको मतपरिणम आउने क्रम जारी छ। प्रारम्भिक नतिजामा डेमोक्र्याटिक उम्मेदवार अघि देखिए पनि पछिल्लो चरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रमक रुपमा अघि आउने सम्भावना देखिएको छ। तर गृह राज्य डेलवरमा समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले यो चुनाव जित्ने मार्गमा आफूहरु रहेको विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘हामीलाई थाहा थियो कि यो प्रक्रिया लामो हुनेछ । तर हामी राम्रो महसुस गरिरहेका छौँ अहिले हामी जहाँ छौँ त्यसमा । वास्तवमै हामी मिसनमा पूरा हुने छौँ ।’ उनले भनेका छन्, ‘मलाई विश्वास छ कि हामी यो चुनावमा जितको मार्गमा छौँ । ’उनले सम्पूर्ण मत गणना हुँदासम्म पर्खिनु पर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘म आशावादी छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top