ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अफगानिस्तानको काबुल युनिभर्सिटीमा चरमपन्थी हमला, १९ को मृत्यु

नेपालगाथा २०७७ कार्तिक १८ गते मंगलबार ०७:३०:५८ मा प्रकाशित

काबुल । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार काबुल युनिभर्सिटीमा आक्रमण हुँदा कम्तिमा पनि १९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानले तीन बन्दुकधारी युनिभर्सिटी परिसरमा प्रवेश गरेपछि क्याम्पसमा भागदौड मच्चिएको बताए । युनिभर्सिटी परिसरमा ईरानी बुक फेयरको उद्घाटन हुने वाला थियो ।

सुरक्षाकर्मीले क्याम्पस घेराउ गरेर आक्रमणकारीको फायरिङको जवाफ दिएको थियो । सुरक्षाकर्मीको जवाफी कारबाहीमा तीनै आक्रमणकारी मारिएका छन् । बीबीसी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top