ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

एकैदिन विश्वमा ३ लाख ९२ हजारमा कोरोना पुष्टि 

नेपालगाथा २०७७ कार्तिक २ गते आइतबार ०७:५३:०८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एकै दिन ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको यो अहिलेससम्मकै सबैभन्दा धेरै हो ।  यसअघि हिजो विश्वमा ३ लाख ८८ हजार १६७ कोरोना संक्रमित थपिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ९६ हजार २५९ पुगेको छ । 

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख १ हजार २९८ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top