ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारी वर्षाका कारण भारतमा ११ को मृत्यु

नेपालगाथा २०७७ आश्विन २८ गते बुधबार १२:०९:१३ मा प्रकाशित

हैदराबाद । दुई दिनदेखिको भारी वर्षाका कारण भारतमा ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगना राज्यमा वर्षासँगै आएको बाढीले २ महिने शिशुसहित ११ को ज्यान लिएको हो। वर्षाका कारण सडकहरूमा भेल बगेको छ भने बस्ती डुबानमा परेको छ।

यस्तै छिमेकी आन्ध्र प्रदेशमा गत २४ घण्टादेखि लगातार पानी परेको बताइएको छ। यसले त्यहाँको जनजीवन कष्टपूर्ण भएको छ। अहिले आन्ध्र प्रदेश, तेलंगना राज्य र ओडिसामा लगातार पानी परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top