ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बितेको २४ घण्टामा विश्वमा ३ लाख ३८ हजारमा कोरोना संक्रमण

नेपालगाथा २०७७ आश्विन २३ गते शुक्रबार १२:२८:२४ मा प्रकाशित

काठमाडौं । बितेका २४ घण्टामा विश्वमा थप ३ लाख ३८ हजार ७७९ कोरोना संक्रमित पुष्टि भएको छ । सोही अवधीमा विश्वमा कोरोनाका कारण ५ हजार ५१४ कोरोना संक्रमितको मृत्यु भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा विश्वमा २ लाख ७१ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म विश्वमा ३ करोड ६० लाख २ हजार ८२७ जनामा कोरोना संक्रमण देखिसकेको छ । त्यसैगरी हालसम्म विश्वभरमा १० लाख ४९ हजार ८१० संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top