ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनले १२ सय वर्गकिलोमिटर जमिन हडप्यो

मोदीले केही गर्न सकेनन् : राहुल गान्धी

नेपालगाथा २०७७ आश्विन २२ गते बिहीबार १५:३७:०४ मा प्रकाशित

भारतीय विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले चीनद्वारा भारतको १२ सय वर्ग किलोमिटर क्षेत्रफल कब्जा हुँदा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले केही गर्न नसकेको बताएका छन्।  हरियाणामा किसानहरुको सभालाई सम्बोधन गर्दै गान्धीले यस्तो हुँदा पनि भारतको जमिन कसैले नलिएको भन्दै मोदीले जिकिर गरिरहेको उल्लेख गरे। 

चिनियाँ सेना भारतमा छिरेर १२ सय वर्गकिलोमिटर क्षेत्रफल कब्जामा लिएको घटना सत्य भएको उनले बताएको बीबीसी हिन्दीमा उल्लेख छ।  कांग्रेसको सरकार भएको भए १५ मिनेटमै चीनलाई पछि हटाएर आफ्नो जमिन फिर्ता लिन सक्ने पनि उनले दावी गरे। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top