ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दुई रुपैयाँ नहुँदा क्रिकेट टिममा सामेल हुन पाइनँ : अमिताभ बच्चन

नेपालगाथा २०७७ आश्विन २१ गते बुधबार १६:२६:५३ मा प्रकाशित

काठमाडौं । भारतीय अभिनेता अभिताभ बच्चन विश्वका धनीहरुमा पर्छन्। उनको अरबौंका सम्पत्ति रहेको छ।  तर उनै बलिउडका महानायक अमिताभसँग दुई रुपैयाँ नहुँदा क्रिकेट टिममा सामेल हुन पाएनन् भन्दा अचम्म लाग्न सक्छ। तर भारतीय टेलिभिजनमा सञ्चालित कौन बनेगा करोडपतिमा उनले आफू दुई रुपैयाँको अभावमा स्कुल क्रिकेट टिममा सामेल हुन नपाएको बताएका छन्। 

उनले आफूसँग दुई रुपैयाँ नहुँदा क्रिकेट टिममा सामेल हुन नपाएको बताए। कौन बनेगा करोडपटिको हट सिटमा बसेका जय कुरूक्षेत्रले आफ्नो बारेमा एक कहानी सुनाएपछि उनले पनि आफू सानो हुँदा आमासँग पाँच रुपैया भएको र दुई रुपैया नहुँदा टिममा सामेल हुन नपाएको बताए। उनले भने, ‘म स्कुल क्रिकेट टिममा सामेल हुन चाहन्थे आमासँग पाँच रुपैया मात्रै रहेछ र दुई रुपैयाँ नहुँदा मैले क्रिकेट टिममा सामेल हुन पाइन।’

त्यो घटनाले मलाई महत्वपूर्ण पाठ सिकाएको भन्दै अहिले पनि त्यो दुई रुपैयाको मुल्य याद आइरहन्छ। अमिताभले उनी सानोमा फोटोग्राफीको सौखिन भएको र उनका पिता हरिवंश राय बच्चनले आफ्ना लागि क्यामरा ल्याइदिएको पनि बताए।  सन् २००० बाट सुरु भएको कौन बनेगा करोडपतिको २० वर्ष पूरा भएको छ। करोडपछिको १२औं सिजन सुरु भएको छ। ती मध्ये ११ वटा सिजनको बच्चनले  होस्ट गरिसकेका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top