ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट भारतीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन

नेपालगाथा २०७७ आश्विन ८ गते बिहीबार ११:२७:४१ मा प्रकाशित

काटमाडौँ । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । ६५ वर्षका अङ्गडीले आफै ट्वीट गरेर संक्रमणको जानकारी गराएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीटमार्फत दुःख व्यक्त गरेका छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top