होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ४६ हजार १६५ मा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिलो २४ घण्टामा ४ हजार ५२० संक्रमितको मृत्यु भएको छ । विश्वमा हालसम्म ९ लाख ६७ हजार १६४ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको तथ्यांकमा उल्लेख छ । एजेन्सी ।