ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बितेको २४ घण्टामा विश्वमा २ लाख २२ हजारमा कोरोना संक्रमण

नेपालगाथा २०७७ आश्विन ७ गते बुधबार ०७:२४:३८ मा प्रकाशित

काठमाडौं । बितेको २४ घण्टामा विश्वमा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको छ, भने ३ हजार ४७९ संक्रमितको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो, भने ४ हजार ६९८ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

जसअनुसार यो अघिल्लो दिनको तुलनामा कम हो । विश्वमा हालसम्म ९ लाख ६२ हजार ६१३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको तथ्यांकमा उल्लेख छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top