ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

वितेको २४ घण्टामा विश्वमा २ लाख ७२ हजारमा कोरोना संक्रमित

नेपालगाथा २०७७ आश्विन ६ गते मंगलबार ०७:४६:२९ मा प्रकाशित

काठमाडौं । वितेका २४ घण्टामा विश्वमा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो दिनको तुलनामा संक्रमितको संख्यामा केही कमी आएको हो । अघिल्लो २४ घण्टामा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको थियो । विश्वमा हालसम्म ९ लाख ५९ हजार ११६ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ४ हजार ६९८ संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ९ लाख ४९ हजार ८०४ पुगेको तथ्यांकमा उल्लेख छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top