होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख १२ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो २४ घण्टामा ३ लाख १५ हजार ९१९ जनामा कोरोना संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । विश्वमा हालसम्म ९ लाख ४८ हजार ७९५ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ३६० संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड ३ लाख ६९ हजार ७७८ पुगेको तथ्यांकमा उल्लेख छ । एजेन्सी ।