ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ट्रम्प फेरि राष्ट्रपतिका लागि दोहोरिने सम्भावना उच्च

नेपालगाथा २०७७ भाद्र ३० गते मंगलबार १४:०१:३० मा प्रकाशित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फेरि राष्ट्रपतिका लागि दोहोरिने सम्भावना उच्च रहेको छ । राष्ट्रपति ट्रम्पको लोकप्रियताको अवस्था हेर्दा केही साताअघिको तुलनामा निकै राम्रो देखिएको छ । अगष्ट महिनाको सुरुवातमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडन चुनावी दौडमा अगाडि थिए । तर, पछिल्लो १० दिनमा यो ट्रेन्डमा कमी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फाइभथर्टिएट वेबसाइटका अनुसार बाइडनको अग्रता दुई प्वाइन्टले कमी आएको छ । गत जुलाईको अन्तिममा ४० दशमलव २ प्रतिशत मत पाएका ट्रम्पले अहिले ४३ दशमलव २ प्रतिशत मत पाएका छन् । तर चुनावी प्रचारले मात्रै राष्ट्रपति निर्वाचन टम्पको पक्षमा नतिजा जान्छ भन्ने सकिने अवस्था नभएको र मानिसकहरुको लोकप्रियतामा ट्रम्प नै देखिएकाले यस्तो दाबी पनि गर्न सकिने अवस्था रहेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top