ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

यूएस ओपन च्याम्पियन बनिन् ओसाका

नेपालगाथा २०७७ भाद्र २८ गते आइतबार ११:५१:२१ मा प्रकाशित

काठमाडौं । जापानकी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको खेलमा ओसाकाले बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि जित्न सफल भएकी हुन् ।

उनले पहिलो सेट १–६ मा गुमाउँदा दोस्रो सेटमा ६–३ र तेस्रो सेटमा ६–३ को जित निकालेकी हुन् । योसँगै उनले यूएस ओपनको उपाधि दोस्रो पटक जितेकी छन् । सन् २०१८ को यूएस ओपनको उपाधि पनि उनले जितेकी थिइन् । त्यस्तै उनले सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top