ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोभिड १९ विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुँदै

नेपालगाथा २०७७ भाद्र २१ गते आइतबार ११:५७:३७ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको कोरोनाविरुद्धको खोपको परीक्षणका लागि ८ देशले अनुमति दिएका छन् । बीबीसीका अनुसार सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​

सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको हो । सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ। संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top