होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । भारतमा कोरोना संक्रमितको दर दैनिक रुपमा बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ८२ हजार ८ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। योसँगै को छ। यस्तै १ हजार २६ जनाका मृत्यु भएपछि कुल मृतकको संख्या ६७ हजार ४८६ पुगेको छ। यस्तै ब्राजिलमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४० लाख १ हजार पुगेको हो।
यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २१८ जनाका मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख २३ हजार ८९९ पुगेको छ। आज अमेरिकामा ४० हजार संक्रमित थपिँदा १ हजार ५१ जनाको मृत्यु भएको छ। रसियामा ४ हजार ९ सय संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १० लाख पुगेको छ। यस्तै ११५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न देशमा २ लाख ८२ हजार मानिसमा संक्रमण पुष्टि भएपछि विश्वभर कुल संक्रमितको संख्या २ करोड ६१ लाख पुगेको छ। यस्तै ६ हजार २३४ जनाको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या ८ लाख ६६ हजार ५ सय पुगेको छ।