होमपेज / अन्तराष्ट्रिय
चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ। मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए। मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको छ। मोरिस सन् २०१५ देखि १९ सम्म नेपालको राजदूत भएर काम गरेका थिए। ५२ वर्षीय मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् । एजेन्सी ।