ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा कारोना संक्रमितको संख्या ३६ लाख पुग्यो

नेपालगाथा २०७७ भाद्र १५ गते सोमबार १५:०७:१७ मा प्रकाशित

काठमाडौं । भारतमा आइतबार एकैदिन झण्डै साढे ७९ हजार जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन्।  पछिल्लो विवरण अनुसार भारतमा हिजो एकैदिन ७९ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९ सय ६० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख १९ हजार १ सय ६९ पुगेको छ भने मृत्यु हुनेको संख्या ६४ हजार ६ सय १७ रहेको छ। 

संक्रमितमध्ये २७ लाख ७२ हजार भन्दा धेरै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।  यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १८ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ८८ जनाको मृत्यु भएको छ। अमेरिकामा हिजो मात्रै ३२ हजार ६ सय ८० जनामा संक्रमण पुष्टि हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा १५ हजार ३ सय ४६ जना नयाँ संक्रमित थपिँदा ३ सय ३० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतपछि सबैभन्दा बढी मेक्सिकोमा ६ सय ७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यस्तै कोलम्बियामा तीन सय, अर्जेन्टीनामा १ सय ४, इरानमा १ सय ३, पेरुमा १ सय ८१ जनामा संक्रमितको मृत्यु भएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top