ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बेलारुसमा लुकासेन्को विरोधी आन्दोलन चर्कियो, अवस्था तनावपूर्ण

नेपालगाथा २०७७ भाद्र १५ गते सोमबार १३:२१:४३ मा प्रकाशित

बेलारुसमा राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को विरुद्ध विरोध प्रदर्शन चकिएको छ। आइतबार हजारौं मानिसले लुकासेन्कोको राजीनामा माग गर्दै मिन्स्कका सडकमा प्रदर्शन गरेपनि अवस्था तनावपूर्ण बनेको छ।  मिन्स्कको इन्डिपेन्डेन्स स्क्वायरलगायत कैयौं महत्वपूर्ण क्षेत्रहरुमा निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। त्यहाँको आन्तरिक मन्त्रालयले अहिलेसम्म १२५ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको जानकारी दिएको छ। 

युरोपका अन्तिम तानाशाहलाई टक्कर दिने स्वेत्लाना को हुन्‌  सशस्त्र प्रहरीका अघि प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुले लुकासेन्का लाजमर्दौ भएको र सत्ता छाडेर जान चर्का नारा लगाइरहेका छन्।  बेलारुसमा अगष्ट ९ तारिखका दिन सम्पन्न चुनावदेखि नै प्रदर्शन भइरहेको छ।

चुनावमा धाँधली गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरु आन्दोलनमा उत्रिएका हुन्।  तर, युरोपका अन्तिम तानाशाह भनेर चिनिने लुकासेन्कोले कुनै हालतमा सत्ता नछाड्ने अडान लिइरहेका छन्। उनी पछिल्लो २६ वर्षदेखि बेलारुसको सत्तामा छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top