ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा एकै दिन ७८ हजार ७६१ संक्रमित थपिए

नेपालगाथा २०७७ भाद्र १४ गते आइतबार १३:१७:०२ मा प्रकाशित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कुनै पनि मुलुकमा अहिलेसम्म भेटिएको भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेका हुन् । यसअघि अमेरिकाले एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने रेकर्ड बनाएको थियो । अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले सात लाख ६५ हजार ३०२ संक्रमित निको हुन बाँकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top