ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

डिसेम्बरमा खोप ल्याउने चिनियाँ कम्पनीको तयारी, मुल्य समेत तोकियो

नेपालगाथा २०७७ भाद्र १३ गते शनिबार १६:५९:५८ मा प्रकाशित

बेइजिङ । विश्‍वभरका वैज्ञानिकहरु कोभिड १९ को खोपको विकासमा लागिरहँदा चिनियाँ एक औषधि कम्पनीले भने कोभिड १९ को खोप यही वर्षको अन्त्यसम्म बजारमा आउने भन्दै यसको मुल्य समेत तोकिसकेको छ । चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले उक्त खोप यही वर्षको डिसेम्बरमा आउने भन्दै यसलाई १४० डलर पर्ने वा नेपाली १५ हजार जति पर्ने जनाएको छ ।

चीन सरककारले पनि केहीअघि खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो । त्यसो त खोप विकासको चरणमा विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये आधा चिनियाँ भएको बताइन्छ । तर विश्वव्यापी परीक्षण खोप गर्नुपर्नेमा चीनले अत्याधिक संक्रमण भएका स्थानमा परीक्षण गरेको बताइएको छ ।

यसवाहेक युरोपियन विज्ञहरु पनि चीनले विकास गरेको खोपप्रति सकारात्मक छन् । यसबीचमा चीनले गत महिनादेखि प्रमुख सरकारी कर्मचारीहरुमाथि खोपको गोप्य परीक्षण गरिएको पनि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top